Logo

एमालेले १०औं महाधिवेशन चितवनमा गर्न लागेकोमा प्रचण्ड खुशी, चितवनबाटै चुनाव लड्ने घोषणा



काठमाडौं, ९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको कुनै निर्वाचन क्षेत्र नभएको र आगामी निर्वाचन पनि नजित्ने दाबी गरिरहँदा प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने जवाफ दिएका हुन् ।

आज सपरिवार चितवन गएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले एमालेले चितवनमा त्यो पनि आफ्नो निर्वाचन क्षेत्रमा १०औं महाधिवेशन गर्नु भनेको खुशीको कुरा भएको प्रतिक्रिया दिए ।

उनले भने-“एमालेले यहीँ महाधिवेशन गरेपछि म अब चितवन छाड्ने कुरै भएन, फेरि चितवनबाटै चुनाव लड्छु । चितवनभन्दा बाहेक मैले अरु केही सोचेकै छैन । सायद चुनाव लड्ने यो मेरो अन्तिम हुन पनि सक्छ । हाम्रो महाधिवेसन आउँदैछ, नेतृत्व परिवर्तनबारे पनि छलफल गर्दैछौं । चितवन छोड्ने कुरा छैन ।’ file photo



प्रतिक्रिया दिनुहोस्