Logo

मुख्यमन्त्रीकोे छिनोफानो आज



काठमाडौं, कार्तिक १० । अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेकी छन् ।

मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेकी हुन् ।

मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरिएको थियो । प्रस्तावमाथि प्रदेश सभाको गत बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिईन् ।

गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादीं) र जनता समाजवादी पार्टी नेपालका नेताहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न र सहजरूपमा सत्ता हस्तान्तरण गर्न आग्रह गरेकी थिईन् । प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्