Logo

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ आफ्नालाई न्यायाधीश बनाउन प्रधानन्यायाधीश कहाँ धाएको खुलासा



काठमाडौं, १० कात्तिक । नेपाल बार एशोशिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूनिकटस्थलाई न्यायाधीश बनाएको खुलेको छ । बारको अध्यक्ष भएपछि उनको चाहना अनुसार सिफारिश भएका तीनजना न्यायाधीश बनेका छन् ।

विश्वस्त स्रोतका अनुसार उच्च अदालतको न्यायाधीश बनेका राज्यलक्ष्मी बज्राचार्य, उज्वल शुक्ला र श्यामजी प्रधानले श्रेष्ठको साथ पाएका थिए । उनीहरुलाई न्यायाधीश बनाउन श्रेष्ठ मरिमेटेर लागेका थिए ।

बज्राचार्य, शुक्ला र प्रधानलाई न्यायाधीश बनाउने बेलामा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पटक पटक भेटेको समेत बुझिएको छ । तीनैजना श्रेष्ठको ल फर्ममा विगतमा काम गरेका थिए ।

यसअघिका बार अध्यक्षहरुमध्ये कतिपयसँग काम गरेकाहरु न्यायाधीश र प्रधानन्यायाधीश सम्म बनेका छन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराले बारमा राजनीतिक भागवण्डालाई कमजोर पारिदिएपछि उनीमाथि प्रहार भएको बुझिएको छ । आफूले भनेबमोजमको व्यक्ति न्यायाधीश नियुक्तिमा नपरेपछि कतिपय कानुन व्यवसायी राजीनामा माग्नेमा अगाडि देखिएका छन् ।

बारको राजनीति गर्ने कतिपय कानुन व्यवसायीको भूमिका न्यायधीश बनाउनेमा पर्छ । उनीहरुले आफ्नो ल फर्ममा काम गरेका र निकटस्थहरुलाई बढाउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्