Logo

सेटिङ भत्काउँदै प्रधानन्यायाधीश जबरा



काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयमा न्यायाधीश नियुक्तिमा हुँदै आएको सेटिङ भत्काउँदै लगेको खुलेको छ । राजनीतिक दलका प्रभावशाली नेताहरुको सिफारिशमा न्यायाधीश बन्ने परिपाठीलाई कमजोर बनाउन जबरा लागेको बुझिएको छ ।

दलीय भागवण्डाका आधारमा पैसाको चलखेल गरी न्यायाधीश बन्ने गलत परम्पराको अन्त गर्न खोज्दा उनी केही कानुन व्यवसायीहरुको प्रहारमा परेका छन् । कतिपय कानुन व्यवसायीहरु दलका शिर्ष नेतासँग जोडिएर आफ्ना मान्छेलाई न्यायाधीशमा नियुक्त गर्ने र न्यायालयमा प्रभाव बनाउने गर्दै आएका थिए ।

विश्वस्त स्रोतले भन्यो, न्यायाधीश नै आफ्ना एस म्यानलाई बनाएपछि को न्यायाधीश बन्छ ? देशको न्यायाधीश र प्रधानन्यायाधीश बन्ने सम्मको हैसियत बनाएका केही कानुन व्यवसायीहरु न्यायाधीश बनाउने सेटिङमा समेत सक्रिय थिए । उनीहरुको ल फर्ममा काम गर्नेहरु न्यायाधीश र प्रधानन्यायाधीश सम्म बने ।

पछिल्लो समय न्याय सम्पादनमा प्रधानन्यायाधीशलाई समेत दबाबमा पार्न सक्ने हैसियत राखेकाहरुको शैलीपछि जबराले सेटिङमाथि प्रहार गरेको बुझिएको छ । त्यसको फलस्वरुप उनी प्रहारमा परे ।

अर्कोतर्फ, शिर्ष नेताहरुको राजनीतिक टकरावमा प्रधानन्यायाधीश जबरालाई मुछियो । उनले जस्को पक्ष या विपक्षमा फैसला भएपनि महाभियोगको सामना गर्नुपर्ने धम्की पुग्यो ।



प्रतिक्रिया दिनुहोस्