Logo

विश्वकप क्रिकेटः पाकिस्तानको लगातार दोस्रो जित, वेस्ट इन्डिज ८ विकेटले पराजित



काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले पहिलो जित निकालेको छ । दुबई अन्तराष्ट्रिय मैदानमा हिजो (मंगलबार) भएको खेलमा बलियो टोली वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले शानदार जित निकालेको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

पहिलो जितसँगै दक्षिण अफ्रीकाले २ खेलमा २ अंक जोडेको छ । वेस्ट इन्डिजको भने यो लगातार दोस्रो हार हो । यस्तै, हिजो राति भएको दोस्रो खेलमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ ।

सारजाह क्रिकेट स्टेडियममा हिजो (मंगलबार) राति भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । जसलाई पाकिस्तानले १८.४ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्