Logo

टोरिनोमाथि एसी मिलानको कठीन जित



काठमाडौं, १० कात्तिक । इटालियन सिरी ए फुटबलमा एसी मिलानले टोरिनोमाथि कठिन जित निकालेको छ । मंगलबार राति भएको खेलमा मिलानले टोरिनोलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १४ औं मिनेट मिलानका ओलिभर जिरुडले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यँही गोल जितका लागि प्रयाप्त रह्यो । यस जितसँगै मिलान १० खेलमा २८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, टोरिनो ११ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्