Logo

नारायणी बैंकका अध्यक्ष वाग्लेको राजीनामा स्वीकृत



काठमाडौं, १० कात्तिक । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुरेन्द्रराज वाग्लेले पदबाट राजीनामा दिएका छन् । घरायसी कारण बताउँदै अध्यक्ष वाग्लेले अध्यक्ष तथा सञ्चालक पदबाट कात्तिक ७ गते राजीनामा दिएका हुन् ।

बैंकको गत कात्तिक ७ गते बसेको ११औं सञ्चालक समितिको बैठकले वाग्लेको राजिनामा स्वीकृत गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्