Logo

प्रधानन्यायाधीश जबराले सुरु गरे एकल इजलास



काठमाडौं, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले एकल इजलास सुरु गरेका छन् । अरु न्यायाधीशहरु आन्तरिक छलफलमा व्यस्त हुँदा उनले भने आफ्नो एकल इजलास सुरु गरेका छन् । बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका छन् ।

आजका लागि राणाले प्रधानन्यायाधीश वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोकेका छन् । पछिल्लो समय न्यायाधीशहरुले समेत प्रधानन्यायाधीश जबराको राजीनामा मागेका छन् । उनीहरुले आईतबारदेखि इजलास बहिष्कार गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्