Logo

ओली र प्रचण्डको तानातानमा प्रभु साह, कता लाग्लान् ?



काठमाडौं, १० कात्तिक । पूर्वमन्त्री प्रभु शाह राजनीतिक भूगोल बलियो बनाएका नेतामध्ये पर्छन् । रौतहटमा उनी यति बलियो छन् कि व्यक्तिगत पकड समेत बनाएका छन् । रौतहटमात्र नभएर वरपरका जिल्लामा जनप्रतिनिधिको चुनाव हुँदा कतिपय स्थानमा जिताउने र हराउने क्षमता राख्छन् ।

माओवादी पार्टीले २०७० सालको संविधानसभाको निर्वाचनमा नराम्रो झड्का खाँदा थोरै मात्र प्रत्यक्ष सांसदमा निर्वाचित भएका थिए । त्यसमध्ये प्रभु साह पनि थिए ।
साहले माओवादी छाड्ना उनीनिकट जनप्रतिनिधिले पनि पार्टी छाडेका छन् । उनी नेकपा छँदै केपी शर्मा ओलीको पक्षमा लागे । हाल नेकपा एमालेमा रहेका साहले असन्तुष्टि जनाइरहेका छन् । उनले ८ बुँदे माग राख्दै एमाले छाड्ने कि नछाड्ने निर्णय लिन खोजेका छन् ।

पछिल्लो समय साहले प्रचण्डसँग पनि छलफल चलाएको बुझिएको छ । उनी माओवादी केन्द्रमै फर्कने चर्चा चलेको छ ।

ओली र प्रचण्डको तानातानमा परेका प्रभु साहले एमाले र माओवादी दुवैमा नलाग्ने बताइरहेका छन् । तर, आज विहान उनले ओलीसँग भेटेका छन् । ओलीले साहलाई फकाउन खोजेको बुझिएको छ ।

साह रौतहटका हुनु र माधवकुमार नेपाल पनि सोही जिल्लाहको हुनुले पनि ओलीका लागि उनी महत्वपूर्ण मानिएका छन् । नेपाल काठमाडौं या रौतहटबाट चुनाव लड्दा पराजित गर्न ओलीले रणनीति बनाउन सक्छन् । रौतहटमा चुनाव लड्नै नसक्ने अवस्था बनाउन पनि प्रभु साहको साथ ओलीलाई अनिवार्य हुन्छ ।

प्रचण्डका लागि पनि प्रभु साहको महत्व बढेको छ । मधेशमा माओवादी प्रभाव कमजोर हुँदै जानुले साहको साथ आवश्यक पर्छ । अर्कोतर्फ माधव नेपालसँगको सम्बन्धमा प्रभु साहको भूमिका महत्वपूर्ण सावित हुन सक्छ । यसकारण साह ओली र प्रचण्ड दुवैको तानातानमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्