Logo

पटाका एकजना सहित पक्राउ



काठमाडौं, १० कात्तिक । पटाका सहित एकजना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीस्थित किराना पसलका सञ्चालक सर्लाही चक्रघट्ट गाउँपालिका–५ घर भएका ४० वर्षीय मनोज कुमार चौधरीलाई खोर्सानी, रकेट, झिरझिरे लगायतका करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसलमा पटाका भण्डारण गरी ब्रिकी गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको पसल खानतलासी गर्दा उक्त पटाका बरामद गरी उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । File Photo

 



प्रतिक्रिया दिनुहोस्