Logo

प्रधानन्यायाधीश जबराले भने–‘मुद्दा हेर्न छोड्दिन, मेरा कुरा भोलि राख्छु’



काठमाडौं, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज एकल इजलासमा पाँच वटा मुद्दाको सुनुवाई गरेका छन् । ती पाँच वटा मुद्दाको सुनुवाई गरेका उनले एउटा मुद्दा तामेलीमा राख्ने आदेश, अर्कोको निवेदन फिर्ता, त्यस्तै अर्को मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश र दुई वटामा कारण देखाउ आदेश गरेका छन् ।

यी पाँच वटा मुद्दामा आदेश जारी गरेर इजलासबाट उठ्दै गर्दा प्रधानन्यायाधीश जबराले आफूले मुद्दा हेर्न नछोड्ने बताएका हुन् । उनले भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु ।’

आज कुरा नराख्नुको कारण चाहीँ सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्नबारे केही नबोल्ने उनको भनाई थियो। उनले भनेका छन्,‘सर्वोच्चका न्यायाशीशको मृत्युले शोकमा भएकाले आज केही भन्दिनँ, मेरा सबै कुरा भोलि राख्छु । file photo

 



प्रतिक्रिया दिनुहोस्