Logo

टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै



काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बंगलादेश र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

आबुधाबी स्थित सेख जायाद स्टेडियममा हुने यस खेल नेपाली समय अनुसार ४ बजे सुरु हुँनेछ । पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

यस्तै, पहिलो खेलमा श्रीलंकासँग हार व्यहोरेको बंगलादेश भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । समूह १ मा रहेको इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।

यस्तै, दोस्रो खेलमा नामिबिया र स्कटल्याण्ड बिचको खेल हुँनेछ । सेख जायाद स्टेडियममा यस खेल नेपाली समय अनुसार ८ बजे सुरु हुनेछ । पहिलो खेलमै हार व्यहोरेको स्कटल्याण्ड आज पहिलो जितमा खोजीमा रहेको छ । यस्तै, पहिलो खेल खेल्न लागेको नामिबिया आज स्कटल्याण्डलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा छ ।



प्रतिक्रिया दिनुहोस्