Logo

सीताले एकैपटक जन्माइन् ४ सन्तान



काठमाडौं, १० कात्तिक । २४ वर्षीया महिलाले मंगलबार चार जना सन्तानको जन्म दिएकी छिन् । पाल्पाको माथागढी गाउँपालिका–१ की सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा हिजो चम्ल्याहा छोरीलाई जन्म दिएकी हुन् ।

उनी कात्तिक ६ गते अस्पताल भर्ना भएकी थिइन् । महिला तथा प्रसुती विशेषज्ञको टोलीले उनको हिजो शल्यक्रिया गरेको थियो । हाल आमा र बच्चाको अवस्था सामान्य छ । सीताले १ किलो ६० ग्राम, १ किलो सय ग्राम, १ किलो १३० ग्राम र १ किलो ११५ ग्राम तौल भएका चार सन्तानलाई जन्म दिएकी थिइन् ।

बच्चाहरुको अवस्था सामान्य भएपनि तौल कम भएकोले एनआईसीयुमा राखिएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्