Logo

काठमाडौंमा आज २ सय जनामा संक्रमण पुष्टि



काठमाडौं, १० कात्तिक । देशभर ६ सय ७२ कोरोना संक्रमित थपिदा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २०२ जना संक्रमित भेटिएका छन् ।

काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ६ सय ७२ जना संक्रमित थपिएका छन् । आज ४ सय ९० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ५ सय २८ र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्