Logo

‘स्वतन्त्र न्यायापालिकाको सम्मान गर, नेताहरु न्यायालयमा हस्तक्षेप नगर’ भन्दै माईतीघरमा विवेकशील साझा पार्टीको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १० कार्तिक । विवेकशील साझा पार्टीले ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गर’, ‘नेताहरु न्यायालयमा हस्तक्षेप नगर’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका छन् । आज माईतीघरमा उनीहरु विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आज प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिएको छ । नेपाल बार एशोसिएसनले त राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने निर्णयसमेत गरिहेको छ । सर्वोच्च अदालतकै १४ जना न्यायाधीशले आईतबारदेखि ईजलाश बहिष्कार गरिसकेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्