Logo

मुख्यमन्त्रीको भोली ३ बजेसम्म दाबी पेस गर्न आह्रान



काठमाडौं, १० कात्तिक । बाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि कात्तिक ११ गते अपराह्न ३ बजेसम्मका लागि समयसीमा तोकेका हुन्।

कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्धारा जारी गरिएको विज्ञप्तीमा संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले दाबी पेस गर्न सक्ने जनाइएको छ ।

मुख्यमन्त्री शाक्यले संविधानको धारा १६९ उपधारा (१) (क) अनुसार आजैमात्र राजीनामा दिएकी हुन् । उनले मुख्यमन्त्री भएको ७१ दिनमा पार्टी विभाजन भएपछि अल्पमतमा परेपछि वाध्य भएर राजीनामा दिएकी छन् ।



प्रतिक्रिया दिनुहोस्