Logo

काँग्रेस तरुण विभागद्धारा फुटबल टोलीलाई नगदसहित सम्मान (फोटोफिचर)



काठमाडौं, १० कात्तिक । नेपाली काँग्रेस तरुण विभागले आज (बुधबार) साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको छ ।

माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली नगदसहित सम्मान गरेको हो ।
नेपाली टोलीका खेलाडी र प्रशिक्षकहरुलाई गृहमन्त्री बालकृष्ण खाँडले सम्मानित गरेका हुन् ।

खेलाडीलाई प्रदान गरिएको नगद पुरस्कार भने खुलाईएको छैन । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको नेपाल भारतसँग पराजित भएको थियो ।

तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डट कम



प्रतिक्रिया दिनुहोस्