Logo

बागमतीमा पाण्डे नेतृत्वको सरकारमा को को मन्त्री



काठमाडौं, १० कात्तिक । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनलाई बहुमत ५९ जना सांसदले मुख्यमन्त्रीको प्रस्ताव गर्दै प्रदेश प्रमुखलाई बुझाइसकेका छन् ।

एमाले फुटेर बनेको नेकपा एसका प्रभावशाली नेता पाण्डेले पहिलो चरणमा मन्त्री बन्नेको सूची समेत बनाइसकेको बुझिएको छ । मन्त्री बन्ने सूचीमा नेकपा एसबाट कृष्ण खनाल, नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेपाली काँग्रेसबाट कृष्णलाल भँडेलको नाम टुंगिइसकेको छ ।

मुख्यमन्त्री नियुक्त भई सपथ लिंदा तीन दलका तीन सांसदले समेत सपथ लिने गरी तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्