Logo

सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी मन्दीप श्रेष्ठ



काठमाडौं, १० कात्तिक । सशस्त्र प्रहरी बलले मन्दीप श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जिम्मेवारी बुझ–बुझारथ गरेका हुन् ।

डिआइजी अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम संचार माध्यम, विज्ञ संचारकर्मीहरु, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरुबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रती हार्दिक आभार प्रकट गरे ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले संगठन र राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका विभिन्न जनसरोकारका विषयहरुबारेका सूचना तथा समाचार प्रकाशन प्रसारणमा प्राप्त भएको सहयोग आगामी दिनहरुमा समेत निरन्तर रुपमा रहने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्