Logo

नयाँ ग्रह पत्ता लाग्यो



एजेन्सी, १० कात्तिक । वैज्ञानिकहरुले नयाँ ग्रह पत्ता लगाएका छन् । जुन सौर्य मण्डलभन्दा बाहिर मात्र नभएर हामी रहेको आकाशगंगा भन्दा पनि बाहिर देखिएको हो ।

वाइरलपुल आकाशगंगामा नासाको ग्रह भेटेको हो । नासाले प्रेस विज्ञप्तिमार्फत् यसबारे जानकारी गराएको छ ।

यसअघि मिल्कीवे आकाशगंगामा ग्रह भेटिएको थियो । तिनीहरु पृथ्वीभन्दा ३ हजार प्रकाश वर्षभन्दा कम टाढा थिए ।

अहिले पत्ता लागेको ग्रह २ करोड ८० लाख प्रकाशवर्ष टाढा रहेको छ । जुन मिल्की वे आकाशगंगाभन्दा हजारौं गुना टाढा छ ।



प्रतिक्रिया दिनुहोस्