Logo

हिलारी क्लिन्टनकी विश्वासपात्रद्वारा यौनबारे सनसनीपूर्ण खुलासा



एजेन्सी, १० कात्तिक । हिलारी क्लिन्टन विश्व चर्चित महिला हुन् । उनी अमेरिकी राष्ट्रपतिकी उम्मेदवार हुन् । पूर्व राष्ट्रपति विल क्लिन्टन उनका पति हुन् ।

हिलारीकी नजिककी सहयोगी हुन् हुमा अवेडिन । उनलाई हिलारीको छोरी जस्तै मानिन्थ्यो । अवेडिन डेमोक्रयाटिक पार्टीको राष्ट्रपतिको उम्मेदवारका लागि पनि बढेकी थिइन् । ४५ वर्षीया अवेडिनले हालै पुस्तक लेखेकी छिन् । ‘बोथ एन्डः अ लाइफ इन म्यानी वल्डस’ मा अर्को हप्ता प्रकाशित हुँदैछ । उक्त पुस्तकमा यौन दुव्यर्वहारबारे सनसनीपूर्ण खुलासा समेत गरेकी छिन् ।

अवेडनले एकजना अमेरिकी पूर्व सिनेटरले यौन दुव्यर्वहार गरेको सनसनीपूर्ण खुलासा गरेकी हुन् । ती सिनेटरको नाम गोप्य राखिएको छ । अवेडिनले सन् २००० को मध्यतिर आफ्नो घरमा आउँदा चुम्बन गर्न खोजेको उल्लेख गरेकी छिन् । उनले उक्त प्रयासपछि आफू फुत्किएको खुलासा गरेकी छिन् । सोफामा बसेर आफूसँग टाँसिएको समेत खुलाएकी छिन् ।

अवेडिनले पारपाचुके गरेकी छिन् । उनका पति न्युयोर्कका सांसद एन्थोनी विनर थिए । विनरको यौनकाण्ड बाहिर आएपछि पारपाचुके गरेकी हुन् । विनरको भविष्य नै यौनकाण्डले बिग्रिएको थियो । विनरलाई धेरैले अमेरिकाको भावी राष्ट्रपतिका रुपमा लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्