Logo

‘भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्यो भनेर मलाई हिमाल र पहाडबाट फोन आईरहेको छ, यसमा हामीलाई गर्व छ’ : सीके राउत (भिडिओसहित)



काठमाडौं, ११ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरुले कहिले हिंसात्मक गतिविधि गरेका थियौं ? भनेर प्रश्न गरेका छन् । उनले भने,‘हामीसँग कहिले हतियार थियो र ? राज्यले पो त हाम्रो मान्छेको हत्या गरेको हो नि । राज्यले हाम्रो मान्छेलाई समातेर हिरासतभित्र हत्या गरेको हो । हामीले त बदलामा फूल दिएका थियौं ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले जनकपुरमा खानेपानीका प्रमुखमाथि जनकारबाही गरेको स्पष्ट पारेका छन् । आफूहरुले कानून हातमा नलिएको उनको भनाई छ । उनले अहिले आफूलाई हिमाल र पहाडबाट यतापनि आउनुपर्यो र भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्छ भनेर फोन आएको सुनाए ।

यदि यही तवरले सुरक्षाकर्मीले हत्यारालाई संरक्षण गरिरहे जनताले भोलि प्रतिकार गर्नसक्ने पनि उनको चेतावनी छ । उनले आफूहरु न्यायको पक्षमा उभिँदै आएको स्मरण गराए । जनकपुरमा जागेश्वर कुशवाहले करोडौं करोड भ्रष्टाचार गरेको उनको दाबी छ । उनले आफूहरुले प्रमाणसहित अख्तियारमा उजुरी दिएको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्