Logo

महाकालीमा डुंगा दुर्घटनाः बेपत्ता दुईमध्ये किशोरीको शव भेटियो




बैतडी, कार्तिक ११ । महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एक किशोरीको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

बैतडी प्रहरीका अनुसार बुधबार साँझ डुंगा पल्टिँदा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउदको मृत्यु भएको हो भने सोही स्थानका ८ वर्षीय सन्दीप साउद महाकाली नदीमा बेपत्ता भएका हुन् ।

बैतडी जिल्ला प्रहरीका कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार १० जना चढेको डुंगा शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा बुधबार साँझ दुर्घटनामा परेको हो ।

त्यस क्रममा बेपत्ता भएका मीना र सन्दीपमध्ये आज बिहान ७ः३० बजे मीनाको शव महाकाली नदी किनारमा फेला परेको हो । सन्दीपको खोजी जारी रहेको प्रहरीले जनाएको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्