Logo

‘प्रधानन्यायाधीश जबराको राजीनामाले अहिलेको समस्याको समाधान हुँदैन, परमादेश जारी गर्ने सबैले राजीनामा गर्नुपर्छ’ : रुद्र पोखरेल (भिडिओसहित)



काठमाडौं, ११ कार्तिक । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मात्रै मागेको र अहिले आन्दोलनको घोषणा गरिनसकेको स्पष्ट पारेका छन् । उनले अहिले तथ्यगत रुपमा न्यायालयभित्र समस्या देखिएको भने स्विकारे ।

उनले भने,‘पछिल्लो पटक संसद् विघटनको मुद्दामा पूनःस्थापनाको फैसलामा जुन परमादेश जारी भयो, त्यसपछि उत्कर्षमा पुगेको हो । अहिले जे आएको छ, त्यो त्यसको बाईप्रडक्ट हो । राजीनामा चाहीँ समस्याको समाधान होईन । यो त समस्याको स्थानान्तरणमात्रै हो । राजीनामा नै हो भने एक जना प्रधानन्यायाधीशको मात्रै होईन, परमादेश जारी गर्ने पाँचै जनाको बहिर्गमन हुने हो भने समस्याको समाधान हुन्छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सल्लाहकार समितिको बैठकमा अब पाँचै जनाको बहिर्गमनको कुरा आएको सुनाए । उनले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध रहेको सुनाए । अहिलेको समस्यालाई उत्कर्षमा पुर्याउनेमा बार र बेञ्च समन्वय समिति रहेको पनि उनको अर्को आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्