Logo

इटालियन सिरी ए फुटबलः युभेन्ट्स घरेलु मैदानमा स्तब्ध



काठमाडौं, ११ कात्तिक । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स घरेलु मैदानमा स्तब्ध भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलको ४४औं मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै, खेलको ७६औं मिनेटमा वेस्टन म्याकेन्नीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काए । तर, खेलको इन्जुरी समयमा म्याक्सिम लोपेजले गोल गर्दै सासोउलोलाई २–१ को जित दिलाए । जितसँगै १० खेलमा १४ अंक जोडेको सासोउलो नवौं स्थानमा रहेको छ । साथै, १५ अंक जोडेको युभेन्ट्स सातौं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्