Logo

लज्जास्पद हार व्यहोर्दै बायर्न म्युनिख जर्मन कपबाट बाहिरियो



काठमाडौं, ११ कात्तिक । जर्मन कप फुटबलमा बायर्न म्युनिख बोरुसिया मोन्चेनग्लाडबाखसँग लज्जास्पद हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा बायर्न बोरुसियासँग ५–० गोल अन्तरले पराजित भएको हो ।

बोरुसियालाई जित दिलाउन रामी बेन्सेबैनी र ब्रेल इम्बोलोले समान २÷२ गोल गरे भने काउडियो कोनेले एक गोल गरे । यस जितसँगै बोरुसिया जर्मन कप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्