Logo

स्पेनिस ला लिगाः पेनाल्टीमा चुक्दा बार्सिलोनाको हार



काठमाडौं, ११ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना रायो भालेकानोसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको हो । खेलको ३०औं मिनेटमा भालेकानोका राडमेल फाल्काओले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफ १–० को अवस्थामा सकिएको थियो । साथै, खेलको ७२औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीको मौकालाई मेम्फिस डिपेले सदुपयोग गर्न सकेनन् । मेम्फिसको प्रहारलाई भालेकानोका गोलरक्षकले उत्कृष्ट बचाउँ गरेका थिए ।

यस जितसँगै ११ खेल खेलको भालेकानो १९ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । यस्तै, बार्सिलोना १५ अंकका साथ नवौं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्