Logo

विश्वकप क्रिकेटः इंग्ल्यान्डको लगातार दोस्रो जित, स्कटल्याण्डको दोस्रो हार



काठमाडौं, ११ कात्तिक । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा हिजो भएको खेलमा इंग्ल्यान्ड र नामिबियाले जित निकालेका छन् । आबुधाबीमा हिजो भएको पहिलो खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो । यस जितसँगै २ खेलमा ४ अंक जोडेको इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा रहेको छ । यस्तै, अंक विहीन रहेको बंगलादेशको यो लगातार दोस्रो हार हो ।

स्कटल्याण्डको दोस्रो हार:

साथै, आबुधाबीमै भएको दोस्रो खेलमा नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । विश्वकप सुपर १२ मा नामिबियाको यो पहिलो जित हो । स्कटल्याण्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

जितसँगै समूह २ को नामिबियाले १ खेलमा २ अंक जोडेको छ भने स्कटल्याण्डले लगातार दोस्रो हार ब्यहोेरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्