Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाडौं गेस्ट हाउसमा छुट



काठमाडौं, ११ कात्तिक । बैंक अफ काठमाण्डू र काठमाडौं गेस्ट हाउसबीच सम्झौता भएको छ । दुई कम्पनीबिच आफ्ना सेवामा छुट दिनेबारेमा सम्झौता भएको हो । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुविधामा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् बैंकका ग्राहकले काठमाडौं गेस्ट हाउसको म्युजियममा लाग्ने प्रवेशमा शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।
काठमाडौं गेस्ट हाउस समुहअन्र्तगत काठमाडौं गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तिसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी स्यान्तुरी लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ुठ १५% छुट पाउने बताइएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

काठमाडौं गेस्ट हाउस ग्रुपले विगत ५० वर्षदेखि देशको प्रमुख शहरबाट गुणस्तरीय सेवा प्रदान गर्दै आएको दावी गरेको छ । बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्