Logo

नेपालले आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै



काठमाडौँ, ११ कात्तिक । एएफसी यू–२३ च्याम्पियनसिप छनौटमा नेपालले आज (बिहिबार) घरेलु टोली ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’मा रहेको नेपालले आज दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले इरानसँग ४–० गोलको हार ब्यहोरेको थियो । यस्तै, ताजिकिस्तानले पहिलो खेलमा लेबनानलाई १–० गोल अन्तरले हराएको थियो । खेल नेपाली समयअनुसार ४ बजे सुरु हुने छ । नेपालले समूहको आफ्नो तेस्रो तथा अन्तिम खेलमा आइतबार लेबनानसँग खेल्ने छ ।-Photo: ANFA



प्रतिक्रिया दिनुहोस्