Logo

आर्यनको भोली सुनुवाई नभए यसपालीको दिवाली जेलभित्रै हुने



एजेन्सी, ११ कात्तिक । बलिउडको बादशाह शाहरुख खानको यसपटकको तिहारमा ग्रहण लाग्ने भएको छ । उनका छोरा आर्यन खान लागुऔषध मुद्दामा मुम्बईको आर्थर रोडको जेलभित्र बन्द छन् ।

निचली अदालतले उनको जमानत निवेदन खारेज गरेपछि शाहरुख खान अहिले छोरालाई छुटाउन उच्च अदालतमा पुगेका छन् । आज आर्यनको सुनुवाई नभएमा शुक्रबार भोली फेरी सुनुवाई हुनेछ । यदी शुक्रबार पनि सुनुवाई नभएमा आर्यन खान जेलबाहिर आउने सम्भावना अहिलेलाई टर्ने भएको छ । यसैकारण यसपालीको दिवालीको खुशीमा ग्रहण लाग्ने देखिन्छ ।

१ नोभेम्बरबाट उच्च अदालतमा तिहारको बिदा शुरु हुने भएको छ । १२ नोभेम्बर सम्म उच्च अदालतमा कुनै सुनुवाई नहुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्