Logo

शर्लिन चोपडासँग राज र शिल्पाले मागे ७५ करोड



एजेन्सी, ११ कात्तिक । बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राले अभिनेत्री शर्लिन चोपडाले मानहानी गरेको आरोप लगाउदै मुद्दा दायर गरेका छन् । उनीहरुले मानसिक रुपमा मानहानी गरेको आरोप लगाउदै मुम्बई अदालतमा मुद्दा दायर गरेका हुन् ।

अब मुद्दाको सुनुवाई १७ नोभेम्बरमा हुने भएको छ । शिल्पा र राजले केही अगाडीमात्र शर्लिनलाई मानहानीको मुद्दाको बारेमा सुचना पठाएका थिए ।

शर्लिनले आफुलाई अन्डरवल्र्डबाट राज र शिल्पाले धम्की दिएको र उनले प्रहरीलाई यसबारेमा सबै रेकर्ड गर्न आग्रह गरेको बताएकी छिन् । शर्लिनले भन्छिन्, ‘राज कुन्द्रा र शिल्पा शेट्टीले मलाई धम्की दिएका छन् । मलाई अन्डरवल्र्डबाट धम्की दियो । मलाई मानहानीको मुद्दाको नोटिस दिइयो तर म डराउदिन । म प्रहरीलाई बयान लिन आग्रह गर्छू, ताकि मुद्दा अगाडी बढोस् मलाई ७५ करोड रुपैयाँ मानसिक उत्पीडन गरेको आरोपमा माग गरिएको छ ।’

शर्लिन फिल्म अभिनेत्री हुन् । उनले केही फिल्ममा काम गरेकी छिन् । वास्तवमा अश्लील फिल्म बनाउन राजले निकै सक्रियता देखाएको आरोप शर्लिनले लगाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्