Logo

सेतो कपाललाई सजिलै कालो बनाउने यी हुन् घरेलु उपाय



एजेन्सी, ११ कात्तिक । पछिल्लो समयमा सानै उमेर भएपनि कपाल फुलेर सेतै हुनेको संख्या बढ्दै गइरहेको छ । वर्तमान समयको समस्या प्राय मानिसको कपाल फुल्नु नै हो ।

सेतो कपाललाई सजिलै कालो बनाउने घरेलु उपायहरु निम्नाअनुसार छन्

१. नेपालमा जिब्रेफुल भनेर चिनिने हिबिस्कस फुलमा भएको केही प्रकारका पोषक तत्वले कपाललाई स्वस्थ बनाउछ र सेतो हुनबाट पनि बचाउँछ । यो फुललाई पिसेर कपालमा लगाउदा निकै फाइदा हुन्छ ।

२. कलौजीः कलौजीको तेल होुुस् वा पेस्ट । दुवैले सेतो कपालको समस्या हटाउछ । यसकारण कलौजीको पानीसँगै सानो भिगो मिसाएर पेस्ट बनाएर कपालमा राम्रोसँग लगाउनुपर्छ । १ घन्टासम्म राखेर शुद्ध पानीले सफा गर्नुपर्छ ।

३. मेथी कपाल झर्न, रोक्न, कपाललाई बलियो बनाउन र सेतो कपालको समस्या हटाउन संजिबनी बुटी नै हो । यसको लागि मेथी पाउडमा घ्यु कुमारीको जुस मिक्स गरेर पेस्ट बनाएर राति सुत्नुअघि लगाएर सुत्ने र बिहान धुनुपर्छ ।

४ं मेहन्दीः मेहन्दीको प्रयोगबाट कपाल चमकदार हुन्छ । साथै सेतो कपाललाई पनि छोपी दिन्छ । यसको लागि मेहन्दीको पात र नरिवलको तेल मिक्स गरेर पेस्ट बनाउने र स्कैल्पको साथमा कपालमा लगाएर रातभर छाडी दिने र बिहान धुने गर्नुपर्छ ।

५.करीपातः करीपातमा भएको पोषक तत्वले हाम्रो कपालको स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ । करी पातलाई नरिवलको पातमा मिक्स गरेर ४–५ घन्टा छाडीदिने र फेरी कपालमा लगाउने गर्नुपर्छ । तेल लगाएपछि पनि कमसेकम ३–४ घन्टा राख्ने कोशिश गर्नुपर्छ । र पछि धुनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्