Logo

काश्मिरमा मिनि बस दघर्टना: ८ को मृत्यु, १० घाइते



एजेन्सी, ११ कात्तिक । जम्मू काश्मिरमा मिनि बस दुर्घटना भएको छ । काश्मिरको डोडा क्षेत्रमा बिहीबार मिनि बस पडाडबाट तल खस्दा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको दैनिक भास्करले लेखेको छ ।

उक्त घटनास्थगलमा रेस्क्यु टिम पुगी उद्धार गरिरहेको जनाइएको छ । उक्त घटनाको खबर स्थानियले प्रहरीलाई बताएको थियो । सेनाको टोली उक्त घटनास्थलमा पुगेर उद्धार गरिरहेको छ । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ । केन्द्रिय मन्त्री जितेन्द्र सिंहले घटनास्थलमा क्षति पुगेको परिवारलाई चाहेअनुसार क्षति पूर्ति उपलब्ध गराइने समेत बताइसकेका छन् ।

उक्त घटनाप्रति भारतीय प्रधामन्त्री नरेन्द्र मोदी मृतक परिवारलाई २ लाख क्षतिपूर्ति दिने समेत उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्