Logo

क्यानाडामा पहिलो पटक हिन्दू रक्षामन्त्री चयन



एजेन्सी, ११ कात्तिक । भारतीय मुलकी कयानाडीयन राजनितिज्ञ अनिता आनन्द क्यानाडाकी नयाँ रक्षा मन्त्रीको रुपमा चयन भएकी छिन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको क्याविनेटमा रहेका पूर्व रक्षा मन्त्री हरजीत सिंह सज्जनलाई हटाई अनिता रक्षा मन्त्रीमा चयन भएकी हुन् ।

हालमै क्यानाडामा चूनाव पश्चात लिबरल पार्टीले दास्रो पटक सरकार बनाउन सफल भएको थियो । अनिता र ट्रुडो सोहि पार्टीका सदस्य हुन् । रक्षा मन्त्री बनेलगत्तै उनले पहिलो प्रथमिकता क्यानेडियन सेनालाई सुरक्षीत महु्ु गराउनु रहेको बताएकी थिइन् । कोरोना विरुद्धको खोप उपलब्धता र सुश्चित गराउने जिम्मेवारी समेत उनकै काँधमा थियो । ट्रुडोले अनितालाई रक्षामन्त्री बनाएकोमा उनले धन्यवाद समेत दिएकी थिइन् ।

को हुन् अनिता आनन्द

५४ वर्षीया अनिता पेशागत हिसाबले वकिल छिन् । उनी पहिलो पटक सन् २०१९ मा क्याबिनेट मन्त्रीमा नियुक्त भएकी थिइन् । उनलाई पछि खरिद मन्त्रालयमा जिम्मवारी दिइएको थियो । रक्षामन्त्रालय सम्हाल्ने दोस्रो महिला छिन् । यसअघि सन् १०९० मा किम कैबलले उक्त पदको जिम्मवारी सम्हालेकी थिइन् ।

अनिता एक हिन्दू धर्माबलम्बी हुन् । उनका बुबा भारतको तमिलनाडु शहरका थिए भने उनकी आमा पन्जाबकी हुन् । तर, अनिताको अन्ज क्यानाडामै भएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्