Logo

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोज्दा…



काठमाडौं, ११ कात्तिक । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौं गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका २७ वर्षीय मिन बहादुर पाइन बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका–८ जगडोलबाट पक्राउ परेका हुन् ।

पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पाईनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२/३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्