Logo

आफ्नै डेरामा तास खेलाउने गुरुङसहित ७ जना पक्राउ



कास्की, ११ कात्तिक । तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१४ बिपि मार्ग डेरा गरी बस्ने ३६ वर्षीय खिल बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त कोठमा जुवातास खेलिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ९ सय २५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–४ थाहा चोकस्थित प्रकाश बिकको अटो ग्यारेजमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१२ बस्ने ४३ वर्षीय कृष्ण ब्लोन लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त ग्यारेजमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३४ हजार ५ सय ५० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्