Logo

अच्युत–मिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना



काठमाडौं, ११ कात्तिक । नेपाल प्रहरी स्मारक गुठी र पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल बिच नेपाल प्रहरीमा कार्यरत अशक्त प्रहरी कर्मचारीहरूको जीविको पार्जन तथा औषधि उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ अच्युतमिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना भएको छ ।

नेपाल प्रहरी स्मारक गुठी तथा पूर्व प्रहरी महानिरीक्षक खरेलद्वारा गत असोज २० गते स्थापित ‘अच्युत(मिना अशक्त प्रहरी कर्मचारी वृत्ति’ आगामी मंसिर महिनाबाट कार्यान्वयनको चरणमा रहेको छ ।

कर्तव्य पालनको सिलसिलामा अशक्त भएकामध्ये प्रहरी जवान २ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक १ जना र सिनियर प्रहरी अधिकृत १ जना गरी जम्मा ७ जना प्रहरी कर्मचारीहरूको छनौट गरी वृत्ति प्रदान गरिने उक्त स्मारक गुठीले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्