Logo

प्रेमका कारण शाहि परिवार त्यागेकी माको वन बिएचके फ्ल्याटमा बस्ने



एजेन्सी, ११ कात्तिक । सामान्य मानिससँग विहे गर्न शाहि परिवारको पद्वीलाई लत्याउने केई माको अब अमेरिका बस्ने भएकी छिन् । एक रिपोर्ट अनुसार उनी आफ्नो श्रीमानसँग एक बेड रुम फ्ल्याटमा बस्ने भएकी हुन् ।

राजकुमारी माकोले पहिले नै टोक्योमा रहेको उनको शाहि बंगलालाई त्यागेकी थिइन् । माकोका श्रीमान अमेरिकामा वकिल छन् । उनीहरु सुरुमा टोक्यो मै एपार्टमेन्ट लिइ बस्ने निर्णय गरेका थिए । तर, पछि उनीहरु अमेरिका पुगे ।

३० वर्षीया माको प्रिन्स फुमिहितोका छेटो छोरी हुन् । ८ साल प्रेम सम्बन्धमा बसेकी माकोले आफ्नो प्रेमिसँग २६ अक्टोबरमा विहे गरेकी थिइन् । राजपरिवार त्यागेर अन्य सँग जिवन बिताउँन खोज्दा महिलाले राजपरिवारको टाइटल गुमाउने पर्ने प्रावधान रहेको छ । उनी ९ करोड रकम त्यागेर एक सामान्य मानिस सँग विवाह गर्न पुगिन् । माकोले समेत अमेरिकामा काम गर्ने बुझिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्