Logo

इराकी सेनाको कारबाहीमा आइएस आतङ्ककारीको मृत्यु



११ कात्तिक : इराकको पूर्वी दियाला प्रान्तमा बुधबार इराकी सेनाले गरेको कारबाहीमा आठ जना आइएसका आतङ्ककारीको ज्यान गएको छ । त्यहाँको सेनाको आक्रमणमा परेर आइएसका कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ ।सो आक्रमणमा परी अरु १० जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताले सो जानकारी दिएका छन् । उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको बताइएको छ ।

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ ।इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्