Logo

प्रतिनिधिसभाको बैठक सम्पन्न, अर्को बैठक कार्तिक २९ गते बस्ने



काठमाडौं, ११ कार्तिक । प्रतिनिधिसभाको आजको बैठक स्थगित् भएको छ । अर्को बैठक अब आगामी कार्तिक २९ गते बस्ने भएको छ । आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले उठेर नाराबाजी गरेका थिए ।

बिहिबार दिउँसो २ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता जिन्दावाद, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको प्रावधान, प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था स्मरण गराउँदै सभा सञ्चालन गर्न अनुरोध गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्