Logo

‘इजलास बहिष्कार गर्ने न्यायाधीशहरुविरुद्ध रिट दायर’



काठमाडौं, ११ कार्तिक । ईजलास बहिष्कार गर्ने सर्वोच्च अदालतका न्यायाधिशहरुविरुद्ध सर्वोचच अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु मेरिसा चाम्लिङ राई र सिरिष्मा घिमिरेले न्यायाधीशहरुले इजलास बहिष्कार गरेर अदालतभित्र राजनीति गरेको र जनतालाई न्याय दिने कुरा प्रभावित पारेको भन्दै आज रिट दायर गरेका हुन् ।

उनीहरुले न्यायाधीहरुको काम भनेको न्याय दिने भएको भन्दै इजलास बहिष्कार गरेर राजनीति गर्न नपाईने र अदालतभित्र गुटबन्दी गर्न नपाईने तर्क गरेका छन् । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको इजलास न्यायाधीशहरुले बहिष्कार गरेका छन् । ती न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा समेत मागेका छन् ।



प्रतिक्रिया दिनुहोस्