Logo

आज १३ अंकले नेप्से बढ्दा ५ अर्बको कारोबार



काठमाडौं, ११ कात्तिक । शेयर बजारमा आज उच्च अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज  १३ दशमलव ४ अंकले बढेर २७ सय ८२ दशमलव १६ अंक कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ४२ अंकले बढेर ५२० दशमलव ९८ उच्च विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार, आज २२२ कम्पनीको ५९ हजार १४० पटक कारोबार भएर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँ बराबरको ९२ लाख ३६ हजार ६ सय १३ कित्ता शेयर कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्