Logo

आज नेशनल हाइड्रोको सर्वाधिक कारोबार



काठमाडौं, ११ कात्तिक । साताको कारोबारको अन्तिम दिन आज शेयर बजारमा र ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँ बराबरको ९२ लाख ३६ हजार ६ सय १३ कित्ता शेयर कारोबार भएको हो ।
नेप्सेको अनुुसार आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको आज २९ करोड १९ लाख बढीको शेयर कारोबार भएको हो ।

यसैगरी, नविल बैंकको आज २२ करोड ७५ लाख बढीको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको १८ करोड ४४ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै, आज एनआइसी एशिया बैंकको १७ करोड २३ लाख, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्