Logo

विश्वकप क्रिकेटः आज अष्ट्रेलिया र श्रीलंका भिड्दै



काठमाडौं, ११ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बिहीबार) एक खेल हुँदैछ । दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेलमा आज अष्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको अष्ट्रेलियाले आज पनि जितलाई निरन्तरता दिन चाँहन्छ । साथै, आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको श्रीलंका पनि आफ्नो अगाडीको यात्रा सहज बनाउन चाँहान्छ ।

समूह १ को श्रीलंका २ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने समान अंक जोडेको अष्ट्रेलिया तेस्रो स्थानमा रहको छ । अष्ट्रेलिया र श्रीलंकाबीचको इतिहास हेर्दा अष्ट्रेलिया बलियो देखिन्छ । तर, श्रीलंका पनि त्यति कमजोर देखिदैन । आजको खेल निकै रोमान्चक हुने आँकलन गरिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्