Logo

बाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले लिए सपथ



काठमाडौं, ११ कात्तिक । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकिकृत समाजवादी) को नेता राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । बाग्मती प्रदेशसभाको कार्यालय हेटौडामा आयोजित समारोहबीच पाण्डले मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

पाण्डेको मन्त्रिपरिषद्मा माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसको तर्फबाट कृष्णलाल भंडेल र एकिकृत समाजवादीबाट कृष्ण खनाल आजै मन्त्री बनेका छन् ।

समाजवादीको संसदीय दलको नेता पाण्डेलाई प्रदेश प्रम्ख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बुधबार पुर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रमुख शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज दिउँसोको ३ बजेसम्मको समय तोकेका थिए । पाण्डेलाई प्रदेशका ५९ प्रदेशसभाका सदस्यहरुको समर्थन रहेको छ । File Photo

 

 

 

 



प्रतिक्रिया दिनुहोस्