Logo

श्रीमानले आफ्नै श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो लगाएपछि…



ललितपुर, ११ कात्तिक: ललितपुरमा एक पुरुषले आफ्नी श्रीमतीको शरीरमा आगो लगाएका छन् ।

ललितपुरको गोदाबरी नगरपालिका–१३ का राजु देशारले श्रीमती २७ वर्षीया मुना देशारको शरीरमा मट्टितेल छर्केर आगो लगाएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी प्रज्वल महर्जनले जानकारी गराएका हुन् ।

घाइते भएकी मुनालाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ । राजु भने पक्राउ परेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्