Logo

विवेकशीलको मुद्दा: संघीयता खारेजी र धर्मनीरपेक्षताबारे जनमतसंग्रह



काठमाडौं, ११ फागुन । विवेकशील साझा पार्टी संघीयता खारेजी र धर्मनीरपेक्षताको विरोधलाई मुख्य एजेन्डा बनाएर बढ्ने भएको छ । आज अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेजलाई दुई तिहाईभन्दा बढीले पारित गरेपछि विवेकशील संघीयता र धर्मनीरपेक्षताविरोधी एजेन्डा बोक्ने अवस्थामा पुगेको हो ।

विवेकशीलका प्रवक्ता शरदराज पाठकले १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेर दस्तावेज पारित गरेको जानकारी दिए । दस्तावेजमा संघीयताको खारेजी र धर्मनीरपेक्षताबारे जनमतसंग्रहको मुद्दा मुख्य छन् ।

विवेकशीलको बैठकले मिश्रलाई झन् शक्तिशाली बनाएको छ । उनलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विधान संशोधन गरेको छ ।

रवीन्द्र मिश्रको दस्तावेज ”मार्ग परिवर्तनः विचारभन्दा माथि देश”



प्रतिक्रिया दिनुहोस्