Logo

आज २ जनाको मृत्यु, कुल मृतकको संख्या कति ?



काठमाडौं, ११ कात्तिक । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ५ सय ९१ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख ११हजार ४ सय ७ पुगेको छ ।

त्यस्तै, आज ६ सय ६४ जना संक्रमणमुक्त भएसँगै हालसम्म ७ लाख ८९ हजार ७ सय ८९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ५ सय २७ र एन्टिजेन विधिबाट आज ६४ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्