Logo

काठमाडौंमा आज १९९ जनामा संक्रमण पुष्टि



काठमाडौँ, ११ कात्तिक । आज देशभर ५ सय ५१ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ९९ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा १५७, ललितपुरमा ३० र भक्तपुरमा १२ संक्रमित थपिएका हुन् । आज नेपालमा कोरोना भाइरसका ५ सय ९१ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख ११ हजार ४ सय ७ पुगेको छ ।

त्यस्तै, आज ६ सय ६४ जना संक्रमणमुक्त भएसँगै हालसम्म ७ लाख ८९ हजार ७ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्